२०५९ सालको थियो यो सत्य कुरा
लाफुमा आफ्नो जिवनमा घटेको घटना सुनाउन थालिन् । माओवादीहरु पनि गाउ नै भरी थिए । कहिले काहि नेपाली सेना पनि गाउमा आईपुग्थे । मोओवादी आउथे घरमा खान माग्थे दिनै पर्यो । नदिएमा नानाथरी भन्दै हप्काउथ्यो ।
read more खाना दिएको थाहा पाएर सेनाले किन माओवादीलाई भात दिने तिमिहरु पनि माओवादी हो भनेर हप्काउथ्यो, कुट्थ्यो । हामी गाउका मान्छे दोहोरो मारमा परेका थियौ । म घर नजिकैको स्कुलमा कक्षा आठमा पढ्दै थिए । त्यतिवेला मलाई माओवादीहरुले कार्यक्रम जौ भन्दै लगे । हाम्रो स्कुलवाट म लगायत थुप्रै विद्यार्थीहरुलाई उनीहरुको कार्यक्रममा लाने गरेका थिए । म जन्न भन्दा पनि लगेरै छाडे मलाई । म काहा गए आमा वुवालाई थाहा थिएन । उहाहरुले कति मलाई खोज्नु भो रे । कति रुनुभो रे आमाले भन्नु भएको ।
read more खाना दिएको थाहा पाएर सेनाले किन माओवादीलाई भात दिने तिमिहरु पनि माओवादी हो भनेर हप्काउथ्यो, कुट्थ्यो । हामी गाउका मान्छे दोहोरो मारमा परेका थियौ । म घर नजिकैको स्कुलमा कक्षा आठमा पढ्दै थिए । त्यतिवेला मलाई माओवादीहरुले कार्यक्रम जौ भन्दै लगे । हाम्रो स्कुलवाट म लगायत थुप्रै विद्यार्थीहरुलाई उनीहरुको कार्यक्रममा लाने गरेका थिए । म जन्न भन्दा पनि लगेरै छाडे मलाई । म काहा गए आमा वुवालाई थाहा थिएन । उहाहरुले कति मलाई खोज्नु भो रे । कति रुनुभो रे आमाले भन्नु भएको ।
दिनभरी भोकै हिडाए । कहालगियो लगियो मलाई त केही थाहा भएन । सोध्दा ताप्लेजुङ भन्थे । कुन गाउ हो त्यो पनि थाहा भएन । हामी त्यहा पुग्दा कार्यक्रम हुदै थियो । कार्यक्रममा गएर वसेका मात्र के थियौ । सेना आईपुग्यो भनेको मैले सुने । माओवादीहरु त सवै भागे । म त आत्तिएर भाग्न पनि सकिन । त्यतिकैमा मलाई त सेनाले पक्रियो । मैले म माओवादी होईन भनेर प्रतिकार गरे । मलाइ माओवादीहरुले जवरजस्ती ल्याएका हुन भन्दा पनि मेरो कुरा सेनाले सुनेन । मलाई जवरजस्ती घिसारदै ठेल्दै लगे । मलाई रातभरी उनीहरुसगै हिडार्इयो । वन्दुको कुन्दाले मलाई घोच्दै हिडाए । संवेदनशिल अंगमा छोईदिने अनी मन परि भन्थे । भोकले खुट्टा पनि उचालिएन । जिउ ललाक लुलुक भएर थर थर कामिरहेको थियो । लामो हिर्डाईपछि वल्ल ताप्लेजुङको आर्मी क्याम्पमा मलाई पुर्याए । मलाई एक्लै अध्यारो कोठामा राखिएको थियो । उनीहरुले पटक पटक मलाई हातपात गर्न कोसीस गरे । मलाई नानाथरीका कुरा सोधेर दिक्क लगाए । ती अश्लिल शब्दहरु मलार्इ समेत लाफुमाले भन्न सकिनन् । त्यतिखेर मलाई लाग्थ्यो उनीहरु मान्छे होईनन जस्तै लाग्थ्यो ।
म १८ महिना नेपाली सेनाको क्याम्पमा वस्दा मेलै धेरैलार्इ सामना गर्नु पर्यो । दिन रात कति खेर हुन्छ म उनीहरुको यौन चाहाना मेट्ने माध्यम वनेको थिए । कस्ता कस्ता अनुहारका आउथे त्यो त मलाई थाहा भएन तर साना पद देखि ठूलो पदका सेनाहरु आउने गरेको उनीहरुको वोलीचालीको आधारमा मैले थाहा पाए । मेरो आखामा पट्टी लगाएकोले मैले उनीहरुको अनुहार देख्न पाईन । मैले कति नाईनास्ती गर्दा पनि त्यत्रो लक्का जवानको अगाडि मेरो के लाग्थ्यो र – तर पनि सके सम्म मैले प्रतिकार गर्न कोसीस गरे । प्रतिकार गर्दा मेरो पाईतलामा करेन्ट लगाउथे । करेन्ट लगाउदाको पिडा सहन नसकेको कारण म कहिले काहि त वेहोस पनि भएको छु । होस आउदा अध्योरो कोठामा हुन्थे । मेरो लुगा फाटे, शरिरवाट रगत वगेको रगतको गन्धवाट थाहा पाए । रात दिन म उनीहरुको व्यावहार वाक्क मेरो शरिर शिथिल भईसकेको थियो ।
यसरी यातना सहनु, दिन रात वलत्कृत हुनुभन्दा त एक गोली हानेर मारेको भए जाति हुन्थ्यो जस्तो लाग्थ्यो । राक्षेसहरुको वीचमा एकजना दयालु दाई थिए । उनले भने मलाई वैनी कस्तो छ तिमीलाई भन्थे । त्यतिखेर म भक्कानीएर रुन्थे । वैनी एक सास रहुन्जेल सम्म वँच्नु पर्छ के गर्नु म पनि तिम्रो लागि केही गर्न सक्दिन भनेर मेरो टाउको सुमसुम्याईदिन्थे । उनले भने कहिले काही खानेकुराहरु पनि लुकाएर ल्याईदिन्थे । तर उहाको अनुहार कस्तो थियो मैले हर्न पाईन । ती दाईलाई मैले कति पटक मलाई गोली हानेर मार्नु न भन्थे । तर मलाई उल्टो सम्झाउनु हुन्थ्यो । करेन्ट लगाएर शिथिल भएको शरिर, अनी हारेको आतमा उहाको त्यो नरम वोलीले निको भएको महसुस हन्थ्यो । मेरो कपडा झुजा भै फाटेको थियो । कपाल नुहाउन र कोर्न नपाएको कारण लट्टा परेको थियो । जुब्रा परेकाले असाध्यै कपाल चिलाउथ्यो । शरिर कन्याउदा कन्याउदा नङको विस लागेर घाउ नै घाउ भएको थियो । माओवादीका विषयमा सोध्दै मलार्इ यसरी यातना दिएको हो । तर मलार्इ उनीहरुको वारेमा थाहा थिएन । कहावाट भन्नु ।
खै कहावाट हो मलाई वालवालिका सम्वन्धि काम गर्न एउटा संस्थाले उद्धार गर्यो । उद्धार पछि पनि मलाई उपचार पनि गरिदियो । क्याम्पवाट निस्किएको एक महिना सम्म म राम्ररी हिड्न डुल गर्न सकिन । आखामा पट्ट वाधिएकोले आखा पनि राम्रो देख्दीन थिए । डक्टरकै सल्लाह अनुसार चस्मा लगाए । मेरो पाठेघरमा पनि समस्या छ रे । अझै पनि म पहिलाको जस्तो मजाले हिडडुल गर्न सक्दिन । तर पनि भाग्यले एक मुठि सास रह्यो । आमा वुवासग भेट भयो । के गर्न वाच्नु लेखेको रहेछ । सास्ती खपेरै भएपनि जसो तसो पढ्दै छु । गाउका साथी भाईले पनि राम्रो व्यावहार गदैनन् मलाई । फुर्सदको वेला रेडियो सुनेर दिन विताउछु ।
सत्यघटनामा आधारीत यो कथामा पात्रको नाम परिवर्तन गरिएको छ ।